|

काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक बस्दैछ। 

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए। 

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, वैशाख १५ मा हुने उपचुनाव लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने अधिकारीको भनाइ छ। 

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक वैशाख ८ र ९ गते गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्दैछ। 

बैठकमा महाधिवेशनमा सहभागी २ हजार १५३ जना प्रतिनिधि सहभागी हुनेछन्। परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्छ।

वैशाख १० गते नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमालेले विशेष कार्यक्रम पनि गर्दैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.