|

खोटाङ : खोटाङमा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ। 

छुरा प्रहारबाट  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३१ वर्षीय धनजित राईको गएराति सवा ८ बजे मृत्यु भएको खोटाङ प्रहरीले जनाएका छन्। 

स्थानीय भीमबहादुर राईको मकैबारीमा छुरा प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जनाकारी दिए।  तीन जनाले छुरी प्रहार गरेको र उनीहरू फरार रहेको कार्कीको भनाइ छ। 

प्रहरी निरीक्षक कार्की, जालपास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिवप्रसाद घिमिरे र तालखर्कस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक शिव निरौलाको कमान्डमा प्रहरी परिचालन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.