|

ढोरपाटन : चैतेदशैँका अवसरमा बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो।

हरेक वर्ष बागलुङमा चैतेदशैँ भव्य रूपमा बनाउने गरिन्छ। हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन्।

भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ। मन्दिरमा आज विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गरेका छन्। बागलुङ कालिकाको पूजाआराधना गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ।

धवलागिरि क्षेत्रको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा चैतेदशैँमा हजारौँ भक्तजन आउने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। नवरात्र शुरु भएदेखि नै दैनिक हजारौँ भक्तजन आएका उनले बताए। 

चैतेदशैँका अवसरमा लाग्ने ३०० वर्ष पुरानो मेला पनि चैत ३० गतेदेखि शुरु भएको छ। मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ। ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्ध न– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ यस वर्षको चैतेदसैँ मेला आयोजना गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.