३ सय बली दिइयो

|

बैतडी : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका-२ देहीमाण्डौस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा चैते दशैँका अवसरमा मंगलवार लागेको जात्रा बलीसहित सम्पन्न भएको निङ्गलाशैनी धार्मिक सेवा समितिका कोषाध्यक्ष चक्रबहादुर बोहराले बताए।

जात्रामा १८९ राँगा र १ सय बोकाको बलि दिइएको निङ्गलाशैनी धार्मिक सेवा समितिले  जनाएको छ।

चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको निङ्गलाशैनी भगवती मन्दिरमा आज बलिसहितको भव्य जात्रा सम्पन्न भएको हो। 

निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लाकै सबैभन्दा बढी बलि दिने गरिन्छ। भाकलअनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको छ। 

निङ्गलाशैनी भगवती मन्दिरमा चैत्राष्टमी र महाष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भए पनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा बलि दिइँदैन।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजन आउने गरेका छन्। निङ्गलाशैनी भगवती मन्दिरमा आज विहानै देखि भक्तजनको भिड थियो।

जात्रामा नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थी पुगेका थिए। निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ।

जात्रामा देहिमाण्डौ वरपर मदिरा बिक्री वितरण तथा सेवन पूर्ण रूपमा बन्द गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.