|

काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खिम्ती जलविद्युत आयोजना प्राधिकरणको स्वामित्वमा आएपछि रामेछाप र दोलखाले शेयर पाउने बताएका छन्।

मंगलवार काठमाडौँमा दोलखा जिल्लाका जलविद्युत आयोजनाहरुबाट प्राप्त अवसर र चुनौती विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन्। 

उनले खिम्ती जलविद्युत आयोजनाको २०२१ मा नै ५० प्रतिशत स्वामित्व विद्युत प्राधिकरणलाई आउनुपर्ने भएपनि अहिलेसम्म आउन नसकेको बताउनु भयो । उहाँले आयोजना सरकारलाई हस्तान्तरण प्रक्रियाको लागि बिडिए,पीटिए र पीए सबै विषयमा छलफल भइरहेको बताए। 

उनले २०२१ मा विभिन्न रुपमा छलफल भए पनि कोभिड आएपछि थप समस्या भएको बताए। निर्देशक घिसिङले प्राधिकरणको स्वामित्वमा ल्याउनको लागि धेरै प्रयास गरिरहेको दावी गरे। 

उनले नेपाल विद्युत् प्राधिकरणलाई प्रवद्र्धधक कम्पनी हिमाल पावरले बेटर अप्सन दिएको र त्यस बारेमा ठोस सहमति भएको बताए। उनले नेपाल सरकारको स्वामित्वमा कम्पनीको रुपमा आएपछि दोलखा र रामेछापलाई शेयर दिने पक्षमा रहेको बतताए। 

उनले वैदशिक लगानीमा निर्माण सम्पन्न भएको ६० मेगावाट क्षमताको खिम्ती खोला जलविद्युत आयोजनाको स्वामित्व विद्युत प्राधिकरणमा आएपछि दिने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.