|

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिल्लीमा राति पौने ८ बजे शुरु हुनेछ।

जारी प्रतियोगितामा हैदराबाद ६ खेलमा ८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । दिल्ली सात खेलमा ६ अंकसहित छैटौँ स्थानमा छ । 

गएराति भएको खेलमा लखनउ सुपर जायन्टस्ले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो। 

जितसँगै लखनउ सात खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा छ। पराजित चेन्नई समान खेलमा समान अंकसहित तेस्रो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.