|

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–१० दमकट्टास्थित अरुण नदीमा पहिचान नखुलेको एक पुरुषको शव भेटिएको छ। चैनपुर–१० दमकट्टामा एकजना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए। 

प्रहरी निरीक्षक अशोक जबेगुका अनुसार शनिबार साँझ नामथर, वतन नखुलेको उचाइ अन्दाजी ५ फिट, दायाँ नाडीमा अंग्रेजी अक्षरमा एमएलआईवाई जस्तो देखिने ट्याटु भएको पुरुषको शव फेला परेको हो। शव अन्दाजी ४० वर्षको पुरुषको भएको प्रहरीले जनाएको छ।

आइतबारसम्म मृतकको पहिचान खुल्न सकेको छैन। शवको प्रकृति हेर्दा ५ दिन पुरानो हुनसक्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

शव जिल्ला अस्पताल संखुवासभामा पोस्टमार्टमका लागि ल्याइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.