|

काठमाडौं : एसीसी प्रिमियर कपको उपाधि युएईले जितेको छ। 

 घरेलु टोली ओमान माथि ५५ रनको जित निकाल्दै युएई उपाधिसहित एसिया कप २०२५ का लागि छनोट भएको हो।

युएईले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन मात्र बनाउन सक्यो। ओमानका लागि प्रतिक अथावालेले सर्वाधिक ४९ रन बनाए।

खालिद कैलले ३० रन बनाए भने फयाज बट २३ रनमा नटआउट रहे। कप्तान जिशन मक्सुदले १४ तथा रफिउल्लाहले ११ रन जोडे।​

युएईका लागि जुनेद सिद्दिकीले ३ विकेट लिए भने मुहम्मद फरूक र आयन खानले २-२ विकेट लिए। बसील हमिदले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन जोड्यो।​ युएईका लागि कप्तान मुहम्मद वासिमले ५६ बलमा ६ चौका र ७ छक्का सहित १ सय रनको शतकीय इनिङ खेले।

 यस्तै आशिफ खानले १६ बलमा ३६ रनको विष्फोटक नटआउट इनिङ खेले।​ ​आलिशान शराफुले ३४ रन बनाए। विष्णु सुकुमरणले १८ रन बनाए।  ओमानका लागि बिलाल खानले २ विकेट लिए भने शकिल अहमद र जिशन मक्सुदले समान १ विकेट लिए।

यूएईले अन्तिम चारमा नेपाललाई हराएको थियो भने ओमानले हङकङ माथि जित निकाल्दै फाइनलमा आफ्नो स्थान तय गरेको थियो।यसबाहेक दुवै ओमान र यूएई इमर्जिङ कपमा छनोट भइसकेका छन्। हङकङले शनिबार तेस्रो स्थानको खेलमा नेपाललाई हराउँदै इमर्जिङ कपमा स्थान बनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.