|

पर्वत : एक महिनादेखि मलद्वारमा बोतल बोकेर बाँचेका गोरखाका एक पुरुषको शल्यक्रिया गरेर बोतल निकालिएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गोरखा नगरपालिका–३ नरेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा कीटनाशक औषधिको बोतल अड्किएको थियो। 

बोतल अड्किएर ठुलो आन्द्रा अवरुद्ध भएर त्यसको सङ्क्रमण शरीरमा फैलिँदै गएको अवस्थामा आइतबार बिहान उनको शल्यक्रिया गरिएको हो।

सङ्क्रमण फैलिएको अवस्थामा गोरखा अस्पतालको आकस्मिक कक्षमा पुगेका ती व्यक्तिको एक्स–रे गर्दा मलद्वारमा बोतल देखिएको थियो। लगत्तै सुरु भएको स्वास्थ्य परीक्षणको क्रममा दूरबिनबाट हेर्दा आन्द्राको अन्य भागमा सङ्क्रमण फैलिएको नदेखिएपछि करिब तीन घण्टा लगाएर शल्यक्रिया गरेका थिए।

अस्पतालका सर्जनद्वारा डा. जितेन्द्र कुमार सिंह र डा. विश्वराज खड्का सहित एनेस्थेसियोलोजिस्ट डा. शम्भु अधिकारी लगायतको समूहले उनको शल्यक्रिया गरेका थिए। शल्यक्रिया पश्चात् बिरामीको मलद्वारबाट ७५ सेन्टिमिटरको डब्बा निकालिएको थियो।  

अस्पताल आउने बेलामा बिरामीको अवस्था जटिल भएको भए पनि शल्यक्रिया पश्चात् बिरामीको होस आएको थियो। ती पुरुषलाई अहिले पनि सघन उपचार कक्षमा नै राखेर उपचार चलिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.