काठमाडौँ : सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको संयुक्त इजलासले मुद्दालाई आज सुनवाइ गर्न नभ्याइनेमा राखेको हो।
८ नम्बरमा रहेको मुद्दाको दिउँसो साढे तीन बजे पालो आएको भए पनि न्यायाधीशद्वयले बहस सुरु नगरी हेर्न नभ्याइनेमा राखेको हो। उक्त पुनरावेदनको सुनुवाईको लागि अर्को पेशी आगामी १६ गते आइतबारको लागि तोकिएको अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए।
यसअघि गत ३ वैशाखमा भएको सुनवाइमा अदालतले गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मागेको थियो।
ती कागजातहरू आइपुगेपछि आजलाई सुनवाइ तोकिएको थियो। सन्दीपको मुद्दा तत्काल फैसला नभएको खण्डमा उनले टी–२० विश्वकप खेल्न पाउने सम्भावना समाप्त हुनेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।