संखुवासभा : संखुवासभाको चिचिला गाउँपालिकास्थित छ्याङ्कुटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आज दिउँसो चिचिलाबाट छ्याङ्कुटीतर्फ आउँदै गरेको प्र-१-०२-००३ त १६८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक दावा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
दुर्घटनामा सहचालक लाक्पा रिञ्जिन शेर्पा घाइते भएका छन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।