|
फाइल तस्वीर

भक्तपुर : सूर्यविनायक नगरपालिका-१ तर्खगालस्थित ओमसाई गाई फर्ममा आज आगलागी हुँदा १७ गाई र एउटा भैँसीसहितको फार्म जलेर नष्ट भएको छ।

स्थानीय ईश्वर न्यौपानेले सञ्चालन गरेको फार्ममा बिजुली सर्ट भई आगलागी हुँदा २१ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको सञ्चालक न्यौपानेले जानकारी दिए। 

गाईभैँसीलाई दाना पानी हालेर खाना खाने तयारी गर्दा अचानक आगो लागेको देखिएपछि निभाउने प्रयास गर्दागर्दै गाईभैँसीका लागि सुक्खा सोत्तरमा आगो सल्किँदा फार्म नै नष्ट भएको उनले बताए।

आगो लागेपछि स्थानीय, प्रहरी, जुद्ध वारुणयन्त्र भक्तपुरको टोलीले दुई घण्टापछि आगो निभाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.