|

काठमाडौँ : काठमाडौँको हाँडीगाउँमा तिसा मालिगु जात्रा (गहना खोज्ने जात्रा) सम्पन्न भएको छ। 

बुधवार बिहानदेखि त्वरं: अजिमा (वैष्णवी/टुंडाल देवी)को मूर्तिलाई खटमा नगर परिक्रमा गराइ बेलुकी टंगालस्थित तिसा मालिगू पुखु (गहना पोखरी) भित्र डुबाएर तीन पटक परिक्रमा गराइएको हो।

गहना खोज्ने जात्रा भनिए पनि पोखरीमा गहना भने हुँदैन। विभिन्न कथनहरुमा आधारित भएर पोखरीमा टूँडाल देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ। 

तस्वीर : नेपाल फोटो लाइब्रेरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.