|

काठमाडौं : महोत्तरीको एकडारा गाउँपालिकाका प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिका–१ अन्तर्गतका स–साना सडक ढलान योजनाको खरिद प्रक्रियामा गुणस्तरसम्बन्धी मापदण्डविपरीत कार्य गरी रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंहसहित ६ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो। 

यस्तैगरी, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौँ) महेन्द्र कुमार मण्डल, असिस्टेन्ट सव–इन्जिनियर संजय कुमार मणडल, एकडारा गाउँपालिकाका उपाध्यक्ष् महजबी खातुन र जानकी कन्सट्रक्सनका प्रोपाइटर राकेश कुमार रायविरुद्ध पनि आरोपपत्र दायर भएको छ। 

अनुसन्धानका क्रममा उनीहरू गुणस्तर नै चेकजाँच नगरी सम्झौता बमोजिमको कार्य सम्पन्न भएको भनी गलत प्रतिवेदन स्वीकृत गरी ८ लाख ६५ हजार १४५ रुपैयाँ भुक्तानी दिने कार्यमा संलग्न भएको पाइएको अख्तियारका प्रवक्ता नरही घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

आयोगले सरोजकुमार सिंह, सुभास पाण्डेय, महेशकुमार मण्डल र संजय मण्डललाई ८ लाख ६५ हजार १४५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानाको माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.