काठमाडौं : टी-२० खेलको शृङ्खलाको पहिलो खेलमा वेष्ट इण्डिजको ‘ए’ विरुद्द नेपाललाई दोस्रो सफलता मिलेको छ।
टस जितेर पहिले बलिङ गर्ने क्रममा नेपालका लागि दिपेन्द्रसिंह ऐरीको बलमा वेष्ट इण्डिजका आन्द्रे फ्लेचर रनआउट भएका हुन्।
यसअघि कमलसिंह ऐरीले विकेट लिन सफल भएका थिए।
नेपाल र वेष्ट इण्डिजबीच पाँच खेल टी-२० खेलको शृङ्खला खेल्ने तय भएको छ। दोस्रो खेल आइतबार, तेस्रो मे १, चौथो मे २ र पाँचौँ मे ४ तारिखमा हुनेछ।शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।