स्थिर सरकार नबन्दा मुलुकलाई असर परेको छ

|

पाल्पा : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मुलुकमा स्थिर सरकार बन्नुपर्ने बताएका छन्।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले स्थिर सरकार नहुँदा मुलुकलाई ठूलो असर गरिरहेको बताए। कुनै पनि दलको बहुमत छैन। धेरै दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ। दलका नेताले आफ्नो अनुकूल सरकार फेरबदल गरिरहँदा मुलुक अप्ठ्यारोमा परिरहेको छ।

मुलुक र जनताको हितमा काम गर्न स्थिर सरकार बन्नुपर्ने उनले बताए। एउटै दलको बहुमत नहुँदासम्म स्थिर सरकारको सम्भव देखिँदैन। निर्वाचनलाई सरल बनाउनुपर्छ। महँगो र खर्चिलो बनाउनु हुँदैन।

निर्वाचनको पद्धतिलाई सोच्नुपर्ने बेला आएको समेत उनले बताए। जुनसुकै दल होस्, बहुमत आउने पद्धतिको विकास गर्नुपर्छ। आवश्यक परे संविधान र कानुनको संशोधन गरेर भए पनि निर्वाचन प्रणालीलाई सरल, सहज र स्वभाविक बनाउनुपर्ने उनले सुझाए।

ऐन कानुन बन्नुभन्दा अगाडि ध्यान दिनुपर्छ। कतिपय कानुनले दीर्घकालसम्म असर गरिरहेको हुन्छ। बनेका कानुन कार्यान्वयन भएका छन् वा छैनन्। कस्तो अवस्था छ। प्रभावकारी कार्यान्वयन भएका छन वा छैनन्। सुधार गर्नुपर्ने छ कि। यसमा सरकारले ध्यान दिनुपर्छ। यसका लागि पनि स्थिर सरकार बन्नुपर्नेमा उनले जोड दिए।

समयसापेक्ष अनुसार बजेट ल्याउनुपर्ने घिमिरे बताए। परम्परागत ढंगबाट अब बजेट तथा कार्यक्रम ल्याउनु हुँदैन। अध्ययन गरेर ल्याउनुपर्छ। सम्बन्धित विज्ञहरूको टिम निर्माण गर्नुपर्छ।

सोही टिमले दिएको सुझावको आधारमा बजेट ल्याउन सके मुलुकको प्रभावकारी विकास घिमिरेको कथन छ। तीनै तहका सरकारले बजेटका लागि अध्ययन गर्नुपर्ने उनले बताए।

उनले अन्तर व्यवस्थापिका मञ्च नेपाल गठन गरेर अगाडि बढ्ने तयारी भइरहेको जानकारी दिए।  प्रतिनिधि सभाका सभामुख, उपसभामुख र राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, सातै प्रदेशका सभामुख, उपसभामुख अन्तर व्यवस्थापिका मञ्च नेपालमा संगठित हुने उनले बताए।

मञ्चमा एक अर्कामा भएका अनुभव आदानप्रदान हुनेछ। मुलुकमा भएका अस्थिरता र अन्योललाई हटाउँदै जिम्मेवारी निर्वाह गर्न संघ र प्रदेशका सभामुख उपसभामुख भूमिकालाई प्रभावकारी बनाउनका लागि सरकारले गरिरहेका गतिविधिलाई पनि व्यवस्थित गर्न यस मञ्चले सहयोग पु¥याउने सभामुख घिमिरेले स्पष्ट पारे।

पूर्व विधायिकी स्टेज, विधायिकी र उत्तर विधायिकी स्टेजको बारेमा छलफल गरेर कार्यान्वयनका लागि अध्ययन गर्नुपर्छ। संघ र प्रदेशबीच सहकार्य गरेर उत्तर विधायिकी कार्यलाई अगाडि लैजानुपर्ने उनले बताए। 

पाल्पाका ऐतिहासिक स्थानको महत्वलाई अवलोकन गर्नुपर्छ। प्रचारप्रसार गर्नुपर्छ। यसको थप विकास गर्नुपर्छ। आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षण गर्नेगरी यहाँका संरचना बन्नुपर्ने उनले बताए। ऐतिहासिक महत्व बोकेका स्थानको जीणोद्वार गर्न सरकारको ध्यानाकर्षण गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.