|

काठमाडौं : आज शनिबार इलाम-२ प्रतिनिधिसभाका लागि र बझाङमा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भइरहेको छ।

उपनिर्वाचनको मतदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन्। निर्वाचन आचारसंहता उल्लंघन गर्दै उनले मतदान गरेका हुन्।

निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन पाइँदैन।  तर, रास्वपा उम्मेदवार लिम्बूले भने आफ्नो चुनाव चिह्न घन्टी अंकित भएको ब्याज लगाएरै मतदान गरेका हुन्।

माङसेबुङ-२ स्थित जनताकल्याण आवासीय विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा पहिलो मतदान गरेका लिम्बुले घण्टी चिन्ह अङ्कित ब्याज लगाएका थिए।

मतदानपछि उनी निर्वाचन चिन्हको ब्याज लगाएरै मतदान केन्द्रमा घुमिरहेका छन्। उनलाई निर्वाचन अधिकृतले समेत ब्याजको प्रयोगमा रोक नलगाएका बताइएको छ।

इलाम र बझाङ दुबै स्थानमा अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।

बिहान सात बजेदेखि जारी मतदान पाँच बजे सकिने छ। मतदान  सकिएलगत्तै मतपेटिका संकलन गरी आजै मतगणना सुरु गर्ने निर्वाचन आयोग जनाएको छ।

यस्तो छ चुनावमा सबैला पालना गर्नुपर्ने आचरण

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.