काठमाडौं : टी-२० खेलको शृङ्खलाको पहिलो खेलमा वेष्ट इण्डिज ‘ए’ले जितका लागि नेपाललाई २०५ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको वेष्ट इण्डिज 'ए'ले ५ विकेट गुमाएर २०४ रन बनाएको थियो।
नेपालका लागि दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, कप्तान रोहित पौडेल र अविनास बोहराले विकेट लिएका थिए।
नेपाल र वेष्ट इण्डिजबीच पाँच खेल टी-२० खेलको शृङ्खलाको दोस्रो खेल आइतबार, तेस्रो मे १, चौथो मे २ र पाँचौँ मे ४ तारिखमा हुनेछ। शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।