|

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले समाजलाई सकारात्मक बाटोमा लैजान आध्यात्मिक चिन्तनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी छन्।

ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र, नेपालले शनिवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्। गौतम बुद्धले आध्यात्मिक चिन्तनकै आधारमा बुद्धत्व प्राप्त गरेको उल्लेख गर्दै मन्त्री चौधरीले हरेकले आध्यात्मिक चिन्तनमा केन्द्रित भएर अघि बढ्न सके प्रदूषित समाजलाई सकारात्मक बाटोमा अघि बढाउन सकिने बताइन्। मन्त्री चौधरीले बालबालिकालाई कुलतमा फस्न नदिन पनि आध्यात्मिक चिन्तनले काम गर्ने बताइन्।

मन्त्री चौधरीले भनिन्, ‘हामीले आध्यामिक रूपमा केन्द्रित भयौँ भने हरेक कुरा सकारात्मक भएर आउन सक्छन् र समुदायलाई सकारात्मक बनाउन सक्छौँ। समाजमा रहेका नकारात्मक कुरालाई सफा बनाउन सक्छौँ।’

त्यस अवसरमा मन्त्री चौधरीले आध्यात्मिक बाटोबाट समाजलाई सकारात्मक बाटोमा अघि बढाउन पहल गरेको भन्दै ब्रह्माकुमारी राजयोग सेवा केन्द्रप्रति पनि आभार व्यक्त गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.