|

इलाम : इलाम क्षेत्र २ को आज (शनिवार) भएको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ भने ५७ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ।

१ लाख १५ हजार ८८९ मतदातामध्ये कुल ६६ हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए तर विस्तृत विवरण आउन बाँकी छ। 

जिल्ला प्रशासन कार्यालयका अनुसार सबै (७९ वटै) मतदानस्थलका १४९ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको हो।

‘साढे ३ बजेसम्ममा ५५ प्रतिशत मत खसेकाले जम्मा खसेको मत त्योभन्दा बढी आउनेछ,’ यादवले भने, ‘तर सबैतिरको फाइनल मत विवरण जोड्न बाँकी छ। कुन–कुन केन्द्रमा ५ बजेसम्ममा केन्द्र प्रवेश गरेका मतदाता मतदान गरिरहेका छन् भन्ने विवरण पनि आउन बाँकी छ।’ 

मतदान सकिएपछि मतपेटिका सदरमुकाम ल्याएर सम्भवतः आजै साँझ मतगणना शुरु हुनेछ। मतपेटिका राति १० बजेसम्ममा सदरमुकाम आइपुग्ने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.