|

काठमाडौं : हमास समूहले गत वर्षको ७ अक्टोबरमा इजरायलमा आक्रमण गरी बन्धक बनाएका अर्का एक व्यक्तिको भिडिओ जारी गरेको छ। 

हमासले बन्धक बनाएकाहरु जारी युद्धको क्रममा हताहत भइसकेको आशंकाका बीच हमासले बन्धकको भिडिओ सार्वजनिक गरेको हो। हमासको नियन्त्रणमा रहेका इजरायली नागरिक ओमरी मिरानले आफू २ सय २ दिनदेखि हमासको नियन्त्रणमा रहेको भिडिओमा बताएका छन्। 

हमासले मिरानसँगै अर्का बन्धक कीथ सिगलको भिडिओ सार्वजनिक गरेको छ। उनीहरुको भिडिओ सार्वजनिक भएसँगै परिवारका सदस्यले हमाससँग सम्झौता गरेर बन्धकको रिहाई गर्न सरकारसँग अपिल गरेका छन्। 

युद्धविरामका लागि पुनः रुचि देखाएको हमासले दुई बन्धकको भिडिओ सार्वजनिक गर्दै बन्धकहरु सुरक्षित रहेको पुष्टि गरेको हो। ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरी २ सय ५० भन्दा बढीलाई अपहरण गरेको थियो।  उक्त आक्रमणमा १२ सय मानिसको मृत्यु भएको थियो। 

त्यसको जवाफमा इजरायलले जारी राखेको आक्रमणमा गाजामा ३४ हजार बढीको मृत्यु भइसकेको छ । यसैबीच गाजामा इजरायली आक्रमण रोक्न माग गर्दै अमेरिकामा सुरु भएको प्रदर्शन प्रहरीको दमनका बीच थप चर्किएको छ। 

कोलम्बिया विश्विद्यालयबाट विद्यार्थीले सुरु गरेको प्रदर्शन अहिले विभिन्न विश्वविद्यालय तथा कलेजमा चर्किएको हो। प्रदर्शनमा सहभागी ५ सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.