काठमाडौं : देशका विभिन्न स्थानहरूमा आगलागीका घटना बढिरहेका बेला काठमाडौंको शंखमूल नजिकैको एक ग्यारेजान आगलागी भएको छ। ग्यारेजबाट सल्किएको आगो अरु पसल र घरमा फैलिएको थियो।
आगलागीको खबर पाएपछि काठमाडौं महानगर र ललितपुरबाट दमकल पुगेको थिए। उक्त दमकल, सुरक्षाकर्मी र स्थानीयहरूको सहयोगमा आगो निभाइएको छ। आगलागीबाट छेउछाउका मोटरसाइकल वर्कसप, पान पसल, माछा पसल, तरकारी पसल र टहरा पनि जलेको अवस्था छ।
आगलागीको कारण भने खुल्न बाँकी रहेको छ। त्यस्तै, आगलागीबाट भएको क्षतिको विवरणसमेत यकिन भइनसकेको बताइएको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।