बझाङ : बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार नै अगाडि रहेका छन्।
पछिल्लो सार्वजनिक मत परिणामअनुसार एमालेका उम्मेदवार दमन भण्डारीले ७४९२ मत ल्याएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ७२२८ मत ल्याएका छन्। दुईबीचको मतान्तर २६४ रहेको छ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले २८९५ मत प्राप्त गरेका छन्।
कडा सुरक्षाबीच मतगणना भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।