काठमाडौं बझाङ प्रदेश सभा १ (१) मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन्। उनले एमालेका दमनबहादुर भण्डारीसँग २५३ मतको अग्रता कायम राखेका हुन्
पछिल्लो परिणाम अनुसार सिंहले ८ हजार २२७ मत ल्याएका छन्। यसैगरी एमालेका भण्डारीले ७ हजार ९७४ मत प्राप्त गरेका छन्।
अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ३३ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १७१ मत ल्याएका छन्।
यहाँ २१ हजारभन्दा बढी मत गनिसकिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।