|
फाइल फोटो

काठमाडौं : गुल्मीको रिडी-तम्घास सडकखण्ड सोमबारदेखि एक महिना बन्द हुने भएको छ । 

सडकका केही स्थानमा कडा चट्टान फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने भएकाले आजदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

सूचना जारी गरी कार्यालयले रिडी-तम्घास सडकखण्ड बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको  छ। यो सडक स्तरोन्नतिका लागि समानान्तर इलाइट जेभीले जिम्मा पाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.