|

इलाम : इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा पहिचानवादीका तर्फबाट उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमले एउटै वडामा ८६ प्रतिशत मत प्राप्त गरेका छन्। किरात धर्मगुरु आत्मानन्द लिङदेनको आश्रम रहेको माङसेबुङ गाउँपालिका–५ मा थेगिमले १ हजार ३२ मत प्राप्त गर्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ६९ र नेपाली कांग्रेसका डम्बर खड्काले ४९ मत प्राप्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ३ मत पाए। उनीभन्दा बढि स्वतन्त्र उम्मेदवार राज वश्यालले ८ मत, अर्जुन बहादुर शाहीले ५ र नेपाली जनता दलका रेशमबहादुर सुनारले ४ मत पाए।

माङसेबुङ–५ मा कुल २ हजार ७ मतदाता रहेकोमा १ हजार १ सय ९२ मत खसेको थियो। सो वडामा १७ मत बदर भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.