|

सुर्खेत : बाँकेको नेपालगञ्जबाट जाजरकोटको बारेकोट जाँदै गरेको रात्रिबस सुर्खेतमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। सुर्खेतको सिम्ता गाउँपालिका–३ मा ना ४ ख ९३१७ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको हो।

इलाक प्रहरी कार्यालय सिम्ताका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार घाईते हुनेहरुमा रुकुम पश्चिमका ६ जना र जाजरकोटका ६ जना छन्। 

घाइतेमध्ये एक महिलाको टाउकोमा चोट लागेको छ। अन्यको अवस्था सामान्य रहेको घटनास्थलमा रहनु भएका चौरजहारी नगरपालिका १ का तेजबहादुर बिष्टले जानकारी दिए। उनलाई  उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भएको छ।

सबै जना घाईतेको अहिले सिम्ता गाउँपालिका ६ मा रहेको शाही शिवालय सामुदायिक हस्पिटल एण्ड डायग्नोष्टिक सेन्टरमा उपचार भइरहेको छ। 

सोमबार बेलुकी नेपालगञ्जबाट छुटेको बस आज बिहान ३ बजे दुर्घटना भएको हो। बसमा १९ जना यात्रु सवार थिए। बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.