|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ विजयी हासिल गरेका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई ज्ञापन गरेको छ।

पार्टीले सुहाङलाई जनअपेक्षा अनुरुप कार्यसम्पादन गर्न पनि आग्रह गरेको छ।  पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्ने पनि जनाएको छ।

‘निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ । हामीलाई दिनुभएको मतका लागि सम्पूर्ण इलाम क्षेत्र नं. २ का मतदाताहरूप्रति कृतज्ञता र आभार प्रकट गर्दछौं’, पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्ने पार्टीले जनाएको छ।

आज बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन्। 

नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए।  यस्तै, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे। रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.