|

अति दक्षिणपन्थी एक रिपब्लिकन सांसदले युक्रेनका लागि नयाँ सहायता प्याकेजको समर्थन गरेकामा हाउस अफ रिप्रेजेन्टेटिभ्स (प्रतिनिधि सभा) का रिपब्लिकन सभामुख माइक जोनसनलाई हटाउन आगामी साता प्रस्ताव पेश गर्ने भएका छन्। 

जर्जियाकी रिपब्लिकन कंग्रेस सदस्य तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी समर्थक मार्जोरी टेलर ग्रिनले जोनसनमाथि विश्वासघात गरेको आरोप लगाइन्। ‘माइक जोनसन वासिङ्टन डिसीको घृणित व्यापार मोडेलमा सदाका लागि युद्धको कोषमा सामेल हुनुभयो’, पत्रकारहरूसँग ग्रिनले भनिन्, ‘आगामी साता म यो प्रस्तावलाई भ्याकेट गर्न गइरहेको छु।’

यता सभामुख जोनसनले विज्ञप्ति जारी गरी ग्रिनको घोषणालाई ‘रिपब्लिकन कन्फरेन्सका लागि गलत, संस्थाका लागि गलत र मुलुकका लागि गलत’ भएको प्रतिक्रिया दिए।

सदनको नियमअनुसार एउटा विधायकले समेत सभामुखलाई हटाउनका लागि मत हाल्न सक्छ। डेमोक्रेटहरूले असाधारणरूपमा उनलाई आफ्नो पदमा कायम राख्न मतदान गर्ने भनेकाले जोनसनलाई हटाउने सम्भावना भने छैन। 

‘म डेमोक्रेटहरूभन्दा बाहिर गएर रिपब्लिकन सभामुखलाई समर्थन गरेको हेर्न प्रतीक्षा गर्न सक्दिनँ’ उनले भने। किएभका लागि अमेरिकी समर्थन कंग्रेसमा विवादको एक प्रमुख स्रोत बनेको छ । धेरै दक्षिणपन्थी रिपब्लिकनहरूले रुससँगको युद्धमा युक्रेनलाई समर्थन बन्द गर्न खोजिरहेका छन्। 

महिनौँको बहस र डेमोक्रेटहरू तथा अमेरिकी सहयोगीहरूको दबाबपछि जोनसनले अन्ततः गत साता युक्रेनका लागि नयाँ सहायता प्याकेजलाई समर्थन गरेका थिए। यसबाट पार्टीका केही अति दक्षिणपन्थी सदस्य रुष्ट भए। 

पूर्वरिपब्लिकन सभामुख केभिन म्याक्कार्थीलाई धेरै महिनाअघि ट्रम्प समर्थकहरूको एउटा सानो गुटले युक्रेनमा डेमोक्रेटसँग ‘गोप्य सम्झौता’ गरेको आरोप लगाएपछि यस्तै प्रकारको परिदृश्यमा सभामुखबाट हटाएको थियो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.