हमासका प्रमुख इस्माइल हानियेहले गाजामा युद्धविराम प्रस्तावप्रति सकारात्मक रहेको बताएका छन्।
हमासको आधिकारिक वेबसाइटका अनुसार इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेललाई गरेको फोनमा हानियेहले युद्धविराम प्रस्तावलाई ‘सकारात्मक भावना’ का साथ अध्ययन गरिरहेको बताएका छन्। उनले कतार र अमेरिकासँगै वार्तामा मध्यस्थता गरिरहेको इजिप्टले खेलेको भूमिकाको प्रशंसा गर्दै गरे।
बेलायतका अनुसार मध्यस्थकर्ताहरूले राखेको युद्धविरामको प्रस्तावले ४० दिनका लागि युद्ध रोक्ने र ठूलो सङ्ख्यामा प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गर्नेछ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बुधबार इजराइलको भ्रमण गर्दै हमासलाई युद्धविराम योजना स्वीकार गर्न आग्रह गरेका थिए। ‘हमासले स्वीकार गर्नुपर्छ र यो गर्न आवश्यक छ’, उनले भने ‘यदि हमास वास्तवमा प्यालेस्टिनी जनताको ख्याल गर्छ र उनीहरूको पीडामा तत्काल कमी हेर्न चाहन्छ भने उसले यो सम्झौता गर्नुपर्छ।’
यद्यपि रिहा गर्न सकिने बन्धकहरूको सङ्ख्यालाई लिएर र कुनै पनि सम्झौताको उद्देश्यमा गहिरो मतभेद देखिएकाले वार्ताको परिणाम अत्यन्त अनिश्चित बनेको छ।
हमासका वरिष्ठ अधिकारी सुहेल अल-हिन्दीले हमासको लक्ष्य यद्ध समाप्त गर्नु रहेको बताए। यो लक्ष्य इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको घोषित अवस्थाको विपरीत छ। उनले युद्धविराम समाप्त भएपछि पनि सेनाले हमाससँग लडिरहने वाचा गरेका छन्।
हालैका दिनमा हमासका अन्य अधिकारीहरूको टिप्पणीबाट युद्धविराम प्रस्तावमा हमास आन्दोलनको अवस्था अहिले ‘नकारात्मक’ रहेको देखाएको छ। तर बिहीबार हानियेहले आन्दोलनको प्रतिनिधिमण्डल जारी छलफल पूरा गर्न सकेसम्म चाँडो इजिप्ट फर्किने प्रतिक्रिया दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।