|

काठमाडौं : ६ घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा सहज भएको भएको छ। बिहीबार अपराह्न ४ बजेदेखि अवरुद्ध सेवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रयासपछि राति १० बजेपछि सहज भएको हो। 

नेपालमा इन्टरनेट ‘ब्याण्डविथ’ उपलब्ध गराइरहेको अपस्ट्रिम सेवा प्रदायक एयरटेलले ब्याण्डविथ निर्यात रोकेपछि यस्तो समस्या आएको नेटवर्क सेवा प्रदायकले जनाएका छन्। ब्याण्डविथ खरिदबापतको रकम भुक्तान नगरेपछि एयरटेलले ब्याण्डविथ निर्यात रोक्का गर्दा यस किसिमको समस्या देखिएको सेवा प्रदायकहरूको दाबी छ। 

एक वर्षदेखि ब्याण्डविथ खरिदबापतको करिब तीन अर्ब रुपैयाँ भुक्तान गर्न नसकेपछि एयरटेलले ब्याण्डविथ उपलब्ध नगराएको उनीहरूको दाबी छ। मन्त्रालयले भने यसको खण्डन गरेको छ।

मन्त्रालयले बिहीबार बेलुकी नै विज्ञप्ति जारी गर्दै नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएका केही सेवा प्रदायकले ब्याण्डविथ खरिदबापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा सेवा अवरुद्ध भएको भनी प्रकाशित समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

सेवा अवरुद्ध भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरुद्ध गर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई चेतावनी दिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.