|

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश सभाबाट विश्वासको मत लिने कार्य अन्योलमा परेको छ। 

विश्वासको मत लिने प्रयोजनका लागि भन्दै प्रदेश सभाको बैठक शनिबार अपराह्न साढे ५ बजेका लागि बोलाइए पनि सत्ता साझेदार नेकपा एमालेले असन्तुष्टिका कारण अन्योल भएको हो। आफूसँग छलफल नै नगरी विश्वासको मत लिने  प्रक्रिया अघि बढाएको भन्दै सत्ता साझेदार एमालेले असन्तुष्टि जनाउँदै आएको छ।

यसअघि शुक्रबार अपराह्न ५ बजे बोलाइएको प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको थियो। यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन।

एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि बैठक स्थगित भएको हो। बझाङको उपनिर्वाचनबाट निर्वाचित आफ्ना उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने अडान राख्दै आएको छ।

एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले पार्टीका अध्यक्ष केपी ओलीसँग छलफल गरेर अघि बढ्ने भन्दै हतार नगर्न सुझाव दिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.