|

काठमाडौँ : सर्लाही जिल्लाको विष्णु गाउँपालिका–१ स्थित बारा उद्योरण बस्तीका आगलागीपीडितलाई वैशाख २२ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नामस्ता वाहिनी मुख्यालय महोत्तरीले राहत वितरण गरेको छ।

वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले आगलागीबाट पीडित ५० घरपरिवारलाई लत्ताकपडा, भाँडाकुँडा लगायतका सामान वितरण गरेका थिए।

नायब महानिरीक्षक शाहले जस्तोसुकै आपत् विपद्‍मा परेका नागरिकहरूको उद्धार र सहयोगका लागि सशस्त्र प्रहरी सदैव तयार रहेको बताए।

कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादव, नं. १० गण सर्लाहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोद खनाल लगायत स्थानीय भद्रभलाद्मीको उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.