|

काठमाडौं :  लोकगायक बिक्रम बिसीले आफूले गाएको 'त्यो भेरी तिरैमा' गीतलाई युटूवमार्फत सार्वजनिक गरेका छन्। उक्त गीत बिसीले आफ्नै अफिसियल युट्युब च्यानल Bikram BC मा बिहीबार अपराह्न सार्वजनिक गरेका हुन्।

विस २०५० को दशकमा रेडियो नेपालबाट गायन यात्रा शुरु गरेका उनले आफ्नै शब्द र स्वर रहेको गीतको परिवेश अनुसारको भिडिओसहित नयाँ लुक्स दिएका छन्।

यो गीतमा अछामदेखि सुर्खेत पश्चिमसम्मका गाउँ घर र डाँडापाखाको बयान गरिएको छ। जहाँ लेकदेखि वेशीसम्मका परिवेशलाई मात्र होइन नदीको बहाव र  न्याउली चरीको रोधनलाई मायापिरतीसँग जोडिएको छ। आफूले मन पराएकी प्रेमिकासँग बिहेवारी नभए बाँच्न नसक्नेसम्मका बाचा बन्धन गीतमा सुनिन्छ।

घुमाउरो घुमाउरो कर्णाली, बर्दिया लै सम्म मैनामा हाम्रो असारे, गाई हिन्ने गोहो, नयॉं नेपाल समान बनाउनु, जोवन मेरो ओईलेर गयो, पुग्यौ कान्छि बम्बै सहर,  लम्कलम्क नेपाली, किमी पूर्व कोशीको लगायत थुप्रै लोकगितहरु रेडियो नेपाल काठमाडौँमा रेकर्ड गराएका थिए। तीमध्येको एक गीत त्यो भेरी तिरैमा २०५८ सालमा रेकर्ड भएको थियो। पारिवारिक कारण दुई दशक जति गायन क्षेत्रबाट बिश्राम लिएका बिसी हाल गीत संगितमा फेरि सक्रिय भएका छन्।

'अब समय र स्वास्थ्यले साथ दिए गितसंगित क्षेत्रलाई निरन्तरता दिन्छु' बिसी भन्छन्। उनले रेडियो नेपालमा लाइभमा गाएका गीतहरूको अडियोलाई भिडिओ गरेर आफ्नै यूटुबमा संग्रहित गरिरहेका छन्।​ बिसीले पूर्वेली झ्याउरे गीत सुर्खेती कान्छालाई दिन्छेउ कि जोवन छिट्टै सार्वजनिक गर्ने तयारी गरेका छन्।

बिसीले गत वर्ष अछाम जिल्ला तेरा मेरा भन्ने देउडा गीत बजारमा ल्याएका थिए। उक्त्त गीतले छोटो समयमै एक लाखभन्दा धेरै भ्यूज पाएको थियो। अछामको तुर्माखाँद गाउँपालिका ३ राबल्देमा जन्मेका बिसी उच्च शिक्षा अध्ययनका सुर्खेतको पञ्चपुरी ९ स्थित जनता उच्च माध्यमिक विद्यालय बिध्यापुर तल्लो बिजुबाट गरेका थिए। ४८र४९ सालमा बर्दियाको सूर्य पटूवाबाट एसएलसी पास भएपछि उनले अछामकै आमि प्राथमिक विद्यालयमा २ बर्ष अध्यापन गरेका थिए।

सानैदेखि गीत स‌ंगीतमा अत्याधिक रूचि भएका बिसी कलाकार बन्ने लक्ष्यका साथ काठमाडौँ आएका थिए। ५२ सालमा रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरेपछि उनले पूर्वी, मध्य र पश्चिमका गरी २ दर्जनभन्दा बढी लोग गीत गाइसकेका छन्। बिसी त्यसयता काठमाडौं कपनमा बस्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.