|

काठमाडौं : खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि सगरमाथा आरोहण ठप्प भएको छ। सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग मानिएको  खुम्बु आइसफल क्षेत्रमा शनिवार राति बाटो भत्किएको हो।

पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा करिब १०० मिटरभन्दा बढी बाटो भत्किएपछि आरोहण कार्य रोकिएको छ। बाटो भत्किएसँगै राउन्ड ट्रिप आरोहणका लागि उकालो हिँडेका र आधार शिविर झर्ने क्रममा रहेका आरोहीहरू माथि नै रोकिएका छन्।

क्याम्प चारको लक्ष्यका साथ शनिवार उकालो लागेका आरोही गाइड सहित ६० जना भन्दा बढी आधार शिविर नै फर्किएको एक गाइडले जानकारी दिए। बाटो निर्माण भएमा सोमबार बिहानैदेखि आरोहण नियमित गर्ने उनले बताए।  

यो वर्ष खुम्बु आइफल क्षेत्रमा हिम पहिरोका कारण बाटो भत्किएपछि विगत वर्षमा प्रयोग हुँदै आएको बाटो नभएर सन् २००४ मा प्रयोग गरिएको अर्को बाटोतर्फ डोरी टाँगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.