|

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले लोक सेवाको तयारी कक्षा निःशुल्क सञ्चालन गर्ने भएको छ। महानगरपालिकाले यसको लागि ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ।

महानगरपालिकाको सामाजिक विभागका अनुसार खरिदार, नासु र अधिकृत स्तरको निःशुल्क तयारी कक्षा सञ्चालन हुनेछ। महानगरपालिकाले आव ०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत यो सेवा दिन लागेको हो। 

महानगरपालिकाका अनुसार यो तयारी कक्षामा काठमाडौँ महानगरपालिकामा स्थायी बसोबास गरेकाले मात्रै पढ्न पाउने छन्। आवश्यक कागजपत्रमा नागरिकताको छायाँ कपी, स्थायी बसोबास गरेको प्रमाण कागजात, खरिदार, नासु स्तरको तयारी कक्षामा सहभागिताका लागि प्रमाणपत्र तहको र अधिकृत स्तरको तयारी कक्षामा सहभागिताका लागि स्नातक तहको शैक्षिक प्रमाण पत्र पेश गर्नुपर्नेछ।

यसका लागि रितु कर्ण ९८४९६३३८३४ लाई सम्पर्क गर्न सकिने महानगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.