|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ। संघीय परिषद् अध्यक्ष अशोककुमार राई समूहले बहुमत सांसदसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिए पनि अहिलेको अवस्थामा पार्टी विभाजन हुन नसक्ने जसपा नेपालका प्रवक्ता मनिष सुमनले विज्ञप्तिमार्फत दाबी गरेका छन्। 

संसद् अधिवेशन आह्वान भइसकेकाे, दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको र पार्टीका बहुमत केन्द्रीय सदस्य दलप्रति नै प्रतिबद्ध रहेकाले विभाजन हुन नसक्ने दाबी विज्ञप्तिमा गरिएको छ। प्रवक्ता सुमनले केही विभाजित मनस्थितिका व्यक्तिहरूले आयोगमा गई अवैधानिक निवेदन दिएको समेत जिकिर गरेका छन्।

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.