काठमाडौं : सत्तारूढ नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय बैठक अहिले बसिरहेको छ।
बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको प्रचार विभागले जनाएको छ।
बैठकमा पार्टीको आगामी दशौं महाधिवेशन, विकसित राजनीतिक अवस्था र अन्य महत्वपूर्ण विषयमाथि छलफल भइरहेको छ।
एकीकृत समाजवादीले वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो र ३१ र जेठ १ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्दैछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।