काठमाडौं : आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा २७ जनाको मृत्यु भएको हो।
प्राधिकरणका अनुसार आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका हुन्। यो अवधिमा ९० जना घाइते भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।