|

काठमाडौं : नेकपा एमालेका नवनिर्वाचित संसद सुहाङ नेम्वाङले लिए पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्। 

गत वैशाख १५ गते  इलाम-२ प्रतिनिधिसभाको उप चुनावमा नेम्बाङ विजयी भएका थिए। 

उनले नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका थिए। 

नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याएका थिए।  यस्तै, स्वतन्त्र उम्मेद्‍वार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका थिए। रास्वपाका मिलन लिम्बुले ५ हजार ५० मत पाएका थिए।

इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ९ सय २ मत बदर भएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.