काठमाडौँ : नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको राजधानीको भृकुटी मण्डपमा आजदेखि १७ औं अन्ताराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ शुरु भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले उक्त औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ को उद्घाटन गरेका हुन्।
‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने नाराका साथ उक्त मेला शुरु गरिएको हो। वैशाख २६ गतेदेखि ३० गतेसम्म उक्त मेला चल्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।