|

काठमाडौं : इलाम नगरपालिकामा सवारी दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।

इलाम-५ सापकोटागाउँ स्थित सडकमा भएको दुर्घटनामा सोही स्थानका २२ वर्षीय तोया घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

गोरु बोकेको प्र १-०३-००१ च ००६९ नम्बरको पिकअप गएराति २ बजेतिर मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको थियो। 

दुर्घटनामा गाडी चालक इलाम-४ का २० वर्षीय अभिषेक तिवारी घाइते भएको प्रहरी उपरीक्षक प्रकाश जबेगूले बताए। दुर्घटनामा परेका चालक तिवारी र सहचालक घिमिरेलाई घटनास्थलबाट उद्धार गरी इलाम अस्पताल ल्याइएको थियो। बाटोमै घिमिरेको मृत्यु भएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.