|

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले प्रदेश अस्पतालले प्रवाह गर्ने सेवा सबैको भरोसायोग्य हुनुपर्ने बताएका छन्।

मन्त्री शाहीले प्रदेश अस्पतालमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार बिहान प्रदेश अस्पतालको अनुगमन तथा निरीक्षण गर्दै उनले प्रदेशको इज्जत, प्रतिष्ठासँग जोडिएको अस्पताल बजेट अभावकै कारण सेवा प्रवाहमा समस्या हुन नदिने जानकारी दिए। उनले सेवालाई अझ भारी मात्रामा प्रभावकारी र भरोसायोग्य बनोस् भन्दै निर्देशन समेत दिए।

अस्पताल सबैको साझा थलो भएकाले आलोचना समेत हुने गरे पनि आलोचनालाई सुधारका लागि सुझावको रूपमा लिनुपर्ने कुरामा जोड दिए। मन्त्री शाहीले अस्पतालका विभिन्न कक्षा तथा शाखाको निरीक्षण समेत गरे।

लामो समयदेखि अवरुद्ध भएको सिटी स्क्यान सेवा सञ्चालन गर्ने सम्बन्धमा आफू सकारात्मक रहेको बताए। प्रदेश अस्पतालको सेवा उपलब्धिमूलक बनाउन आफू सधैँ प्रतिबद्ध रहेको समेत बताए। केही वर्षअघि कर्णालीका विरामी बाहिर उपचार गर्न जान्थे भने अहिले कर्णालीमा उपचारका लागि आउने खबर सुन्दा खुसी लागेको उनले प्रतिक्रिया दिए।

कर्णालीका १० जिल्लाको स्वास्थ्य संस्थाको वृद्धि विकास तथा स्वास्थ्यकर्मीको वृद्धि विकास र सेवाका लागि आफू चिन्तित भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.