|

काठमाडौँ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रवार बसेको राष्ट्रियसभाको बैठकमा आफ्ना धारणा प्रस्तुत गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले सरकारको तर्फबाट संसदमा पेश गर्ने विधेयकहरू निर्क्योल गरी अधिवेशन प्रारम्भ हुनुअगावै संसदमा दर्ता गर्ने हो भने अधिवेशन अवधिभरको कार्यतालिकालाई मूर्त रुप प्रदान गर्न सहज हुने बताए। 

उनले सभाका गतिविधिलाई थप व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन सम्भव हुने जिकिर गरे। उनले सभाको पन्ध्रौं अधिवेशन अवधिमा दुवै सभाबाट ३ वटा विधेयक पारित भएको र त्यसमध्ये दुईवटा विधेयक राष्ट्रियसभामा नै उत्पत्ति भएका रहेको बताए। 

उनले सभामा दर्ता भएका हालसम्मका ५९ विधेयकमध्ये ३० वटा विधेयक प्रमाणीकरण भइसकेका बताए। उनले २ वटा विधेयक सभाअन्तर्गत विचाराधीन रहेका र १० वटा विधेयक राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको बताए। 

‘अबका दिनमा सम्भव भएसम्म अधिवेशन अवधिभरको कार्यतालिका निर्माण गर्नु आवश्यक छ। सरकारको तर्फबाट संसदमा पेश गर्ने विधेयकहरू निर्क्योल गरी अधिवेशन प्रारम्भ हुनु अगावै संसदमा दर्ता गर्ने हो भने अधिवेशन अवधिभरको कार्यतालिकालाई मूर्त रुप प्रदान गर्न सहज हुने देखिन्छ‚’ उनले भने, ‘यसबाट सभाका गतिविधिहरूलाई थप व्यवस्थित र पूर्वानुमानयोग्य बनाउन सम्भव हुन्छ। यसमा सबैको साथ र सहयोग रहने नै छ।’

उनले  विचाराधीन रहेका १० वटा विधेयक यसै अधिवेशन अवधिमा प्रमाणीकरण हुने आशा व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.