काठमाडौं : दोस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा पनि नेपाली कांग्रेसले नाराबाजी गरी अवरोध गरेको छ।
१५ मिनेटका लागि स्थगित भएको बैठक झण्डै २ घण्टापछि सुरु भए पनि कांग्रेसले अवरोध यथावत् राखेको हो।
सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्ने भनेपछि कांग्रेस सांसदहरू वेल घेराउ गरेर नाराबाजी गरेका थिए।
उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर्’, ‘सहकारी पीडितलाई न्याय दे’लगायतका नारा लगाएका थिए।
कांग्रेसले अवरोध जारी राखेपछि सभामुखले संसद बैठक जेठ १ गते साँझ ६ बजेसम्मका लागि स्थगित भएको घोषणा गरे।
सरकारले जेठ १ गते दिउँसो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।