काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी जनताको भावनाबमोजिम संविधान संशोधनको प्रस्ताव लगेको बताएका छन्। छिमेकी मुलुक भारतको भ्रमण सकेर फर्किएपछि आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले संशोधन प्रस्ताव भोलि पनि लान सकिने र पास गर्ने प्रयास पनि हुने बताए।
संविधान संशोधनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि समर्थन रहेको दाबी पनि उनले गरे। उनले भने, ‘संविधान संशोधनको प्रस्ताव ठीक थियो, छ र हुनेछ।’
भारतमा उनले बोलेका कुराबारे भइरहेका टीकाटिप्पणी भइरहेका बेला त्यसको बचाउ गर्दै देउवाले भने, ‘के बोल्ने र के नबोल्ने भन्ने निर्धारण कसले गर्ने?’
उनले विदेशमा के बोल्ने, स्वदेशमा के बोल्ने भन्ने आचारसंहिता बनाउनुपर्ने पनि बताए। उनले त्यहाँ सोधिएका प्रश्नको उत्तर आफूले दिएको बताउँदै भने, ‘प्रश्नको जवाफ दिन नपाइने?’
आफूले आफ्नो पार्टीको आधिकारिक धारणा पनि राखेको बताए। ‘मेरो पार्टीको आधिकारिक धारणा पनि बोलेको हुँ’, उनले भने।
बाढीले तराईमा गरेको डुबानको विषयमा पनि भारतसँग कुरा भएको उनले बताए। डुबानको विषयमा अध्ययनका लागि दुवै देशका प्राविधिक सम्मिलित टोली बनाइने प्रधानमन्त्री देउवाले बताए। ‘बाटोका कारण डुबान भएको छ, नेपाल भारत दुवैतिर, यसबारेमा पनि कुरा गरेको छु’, उनले भने।
कोसी उच्च बाँधको विषयमा कोसी व्यारेजको क्षतिपूर्ति नदिएकाले पहिला क्षतिपूर्ति दिएपछि मात्र उच्च बाँधको कुरा अगाडि बढाइने उनले बताए। उनले भने, ‘जनतालाई विश्वास छैन, यही भनिदिएँ।’
The country has been suffering by misleading rules of law specially by leadears ! If so who will follow the आचारसंहिता ??
तपाईंको ईमेल गोप्य राखिनेछ ।