|

बैतडीः बैतडीको दशरथचन्द नगरपालिका– २ दशरथचन्द राजमार्गमा बुधबार बिहान बस र जीप एकआपसमा ठोकिँदा पाँच जना घाइते भएका छन्।

बैतडी सदरमुकामबाट पाटनका लागि छुटेको महाकाली यातायातको ना२ख ७६०६ नम्बरको बस र सतबाँझबाट सदरमुकामका लागि छुटेको म१ज १२९ नम्बरको जीप देहीमाडौँ घुसल्ला मोडमा एकआपसमा ठोकिएका हुन्।

तीब्र गतिका कारण मोडमा जीप र बस एकआपसमा ठोकिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

दुर्घटनामा परी गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका– १ का ३५ वर्षका डम्मरदत्त भट्ट र बर्दिया शिवपुर– ५ घर भई हाल गुरुखोला स्वासथ्यचौकीमा कार्यरत अनमी टीका दहाललाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायव उपरीक्षक शर्माले बताए। उनीहरूको अवस्था चिन्ताजनक भएकाले हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो।

यस्तै, दुर्घटनामा परेर समान्य घाइते भएका दशरथचन्द नगरपालिका– ६ का ५० वर्षका ध्वजराम लुहार, वडा नम्बर ४ का ४४ वर्षका भानी ऐर र वडा नम्बर ४ कै गोमती ऐरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

बस र जीप आपसमा ठोकिँदा बसको अगाडि र जीपको पछाडिको भागमा क्षति पुगेको छ। जीपमा १० जना सवार थिए। बस र जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.