काठमाडौं: दुई नम्वर प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)र कांग्रेस बीचको प्रतिस्पर्धा रोचक देखिएको छ।
सुरुवाती अग्रता कायम गर्दै आएका राजपाका राजेशमान सिंहले आफ्नो अग्रता कायम गरेका छन्। तर, मतान्तर भने निरन्तर घटेको छ। अहिलेसम्म गनिएको मत अनुसार राजपाका अग्रवाल निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार अजय द्विवेदीले भन्दा सात मत बढी ल्याएका छन्।
जस अनुसार सिंहको २ हजार ४०९ र द्विवेदी २ हजार ४०२ मत आएको छ। त्यस्तै संघीय समाजवादीका मानकुमार शाह कानुले १६४६, माओवादीका रहवर अन्सारीले १ हजार ३७०, एमालेका बसद्दिन अन्सारीले १ हजार २३३ नेपाल लोकतान्त्रिक फोरमका बिमलप्रसाद श्रीवास्तवले ७ सय १५ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा भने कांग्रेस उम्मेदवारले अग्रता कायम गरेकी छन्। कांग्रेसकी शान्ति कार्कीले २ हजार ७०९ मत ल्याएर अग्रतका कायम गर्दा नकटतम प्रतिद्वन्द्वी राजपाकी रम्भा मिश्रले २ हजार २ सय ८ मत ल्याएकी छन्।
त्यस्तै संघीय समाजवादीकी पिंकी यादवले १ हजार ६४५,एमालेकी सोफिया आचार्यले १ हजार ४३८ र नेपाल लोकतान्त्रिक फोरकमकी रिंकू यादवले ५७९ मत ल्याएकी छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।