बारा : बाराका १६ स्थानीय तहमध्ये २ वटाको नतिजा आइसकेको छ भने १४ वटामा मतगणना भइरहेको छ। मतगणना सकिएको करैयामाई गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ भने देवताल गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ।
मतगणना भइरहेका १४ वटा स्थानीय तहमध्ये ४ वटामा नेपाली कांग्रेस, ४ वटामा नेकपा एमाले, ४ वटामा संघीय समाजवादी फोरम र एउटामा नेपाल लोकतान्त्रिक फोरमले अग्रता लिएको छ। बाराका दुई उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। बारागढी गाउँपालिकामा भने मतगणना स्थगित भएको छ।
हेर्नुस् बाराको कुन स्थानीय तहमा कसको अग्रता?
१.कलैया उपमहानगरपालिका–नेकपा एमाले
२. जितपुर सिमरा उपमहानगरपालिका–नेकपा एमाले
३. कोहल्बी नगरपालिका–नेकपा एमाले (स्थगित)
४. आदर्शकोतवाल गाउँपालिका–एमाले (स्थगित)
५. महागढीमाई नगरपालिका–कांग्रेस
६. निजगढ नगरपालिका–नेपाली कांग्रेस
७. फेटा गाउँपालिका–कांग्रेस
८. सुवर्ण गाउँपालिका–कांग्रेस
९. सिम्रौनगढ नगरपालिका–राजपा
१०.परवानीपुर गाउँपालिका–राजपा
११. पचरौता गाउँपालिका– राजपा
१२. पर्सौनी गाउँपालिका–राजपा
१३. विश्रामपुर गाउँपालिका– लोकतान्त्रिक फोरम
१४. बारागढीमा (स्थगित)
तपाईंको ईमेल गोप्य राखिनेछ ।