महोत्तरी : गत सोमबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय जनता पार्टी (राजपा) ले अग्रता लिएको छ।
जलेश्वर, बल्वा, भंगहा, मटिहानी र मनरा सिस्वा नगरपालिकामा राजपा अगाडि छ। यस्तै बर्दिवास, रामगोपालपुर नगरपालिका र सम्सी गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ।
लोहारपट्टी र औरही नगरपालिकामा कांग्रेस अगाडि छ। पिपरा गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने एकडारा गाउँपालिकामा संघीय समाजवादी फोरम अगाडि देखिएको छ।
महोत्तरीका १५ स्थानीय तहका एक सय ३८ मध्ये हालसम्म ९६ वडामा अध्यक्ष निर्वाचित भइसकेका छन् भने ४२ वडा अध्यक्ष निर्वाचित हुन बाँकी छन्।
कांग्रेस– २९
राजपा– २४
माओवादी केन्द्र– १८
संघीय समाजवादी फोरम– १४
एमाले–६
स्वतन्त्र– ३
नेपाल लोकतान्त्रिक फोरम–१
राप्रपा–१ वडामा विजयी।
तपाईंको ईमेल गोप्य राखिनेछ ।